नियम १२क
उपचार खर्चः
(१) हुलाक प्रतिनिधि, वितरक र डाँक बाहकले आफूले काम गरेको प्रत्येक वर्षको लागि निजले काम गरेको पदको शुरु पारिश्रमिक स्केलको आधा महिनाको तलब बराबरको रकममा नबढ्ने गरी बिल बमोजिमको रकम उपचार खर्च वापत पाउनेछ ।
(२) हुलाक प्रतिनिधि, वितरक र डाँक बाहकले उपनियम (१) बमोजिम पाउने उपचार खर्च वापतको रकम लिन नपाउँदै सेवाबाट अवकाश भएमा सो उपनियम बमोजिम पाउने रकम एकमुष्ट लिन पाउनेछ ।
तर एकमुष्ट रकम लिदा विल पेश गर्न पर्ने छैन ।